त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घन्टा सञ्चालनमा ल्याइने
१५ जेठ, काठमाडौँ । आगामी आर्थिक वर्षभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घन्टै सञ्चालनमा ल्याउने सरकारले घोषणा गरको छ।सरकारले सम्रग हवाई क्षेत्र विकासको १५ अर्ब ८५ करोड विनियोजन गरेको छ। संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा २४ सै घण्टा संचालन गरिने बताएका छन्।

आन्तरिक बिमानस्थलहरु बिराटनगर, जनकपुर, सिमारा, नेपालगंज, दाङ र धनगढीमा ठूला बिमानहरु बस्न सक्ने गरी पूर्वाधार निर्माण गरिने बताइएको छ। यसैगरी सुर्खेतमा नयाँ बिमानस्थल निर्माणकालागि संभाब्यता अध्ययन अघि बढाइने बजेटमा उल्लेख छ।
प्रकाशित मिति : May 29, 2019 at 6:32 pm









