नक्कली मदिरा सेवन गर्दा १७ जनाको मृत्यु, ४० जना बिरामी
१५ जेठ, एजेन्सी । नक्कली मदिरा सेवन गर्दा भारतमा १७ जनाको मृत्यु भएकाे छ भने ४० जना बिरामी परेका छन् । भारतको उत्तर प्रदेशमा नक्कली मदिरा सेवन गरेका कारण १७ जनाको मृत्यु हुनुका साथै अन्य ४० जनाको उपचार भैरहेकाे अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट करीब ५८ किलोमिटर पूर्वको बाराबंकी जिल्लास्थित रामनगर क्षेत्रमा उक्त घटना भएको हो ।

रामनगर प्रहरी चौकीमा कार्यरत एक प्रहरी अधिकारीले नक्कली मदिरा सेवन गरेका कारण ६ जनाको मृत्यु भएको मंगलबार जनाएका थिए । आज सो सङ्ख्या बढेर १७ पुगेको एक प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
सन् २०११ को डिसेम्बरमा पनि पश्चिम बङ्गालमा नक्कली मदिरा सेवनका कारण एक सय ७२ जनाको ज्यान गएको थियो । भारतका उत्तर प्रदेश, आसाम, उत्तराखण्ड, बिहार र पश्चिम बंङ्गाल लगायतका राज्यमा प्रचलनमा रहेको हानिकारक घरेलु मदिरा सेवनले वर्सेनि धेरैको ज्यान जाने गरेको छ ।
प्रकाशित मिति : 15:21









