३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

भूकम्पपछि बन्द भएकाे तातोपानी नाका आजबाट खुल्यो

१५ जेठ, कोदारी । भूकम्पपछि बन्द भएकाे तातोपानी नाका आजबाट खुलेकाे छ । ०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि चीनले एकतर्फी बन्द गरेको नाका बुधवार बिहान दुई देशका उच्च अधिकारी सम्मिलित एक कार्यक्रमबीच खुला भएको हो ।

नेपाल र चीन जोड्ने मितेरी पुलमा उद्योगमन्त्री मात्रिका यादव र चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपमन्त्री तथा चिनियाँ राजदूतको उपस्थितिमा उन बोकेका चारवटा ट्रक नेपालतर्फ पठाइ उद्घाटन गरिएको हो ।

प्रकाशित मिति : 11:40