३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026

वडा कार्यालयमा सामान चोरी गरिरहेको अवस्थामा एक युवक पक्राउ

१४ जेठ, सप्तरी । डाकनेश्वरी नगरपालिकामा चोरीमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । डाकनेश्वरी नगरपालिका–६ को वडा कार्यालयबाट सामान चोरी गरिरहेको अवस्थामा स्थानीयवासी २२ वर्षीय बुधन यादवलाई पक्राउ गरिएको हो । वडा कार्यालयको झ्याल फोरेर दुई थान मोबाइल, एक थान ल्यापटप, एक थान एलइडीलगायत सामान चोरी गरिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 21:48