बाघ र अर्नाको सङ्ख्यामा दोब्बरले वृद्धि
–भीष्मराज ओझा
१४ जेठ, काठमाडौँ । विगत डेढ दशकमा बाघ र अर्नाको सङ्ख्यामा लगभग दोब्बरले वृद्धि भई बाघको सङ्ख्या हाल २३५ र अर्नाको सङ्ख्या ४४२ पुगेको छ । आर्थिक वर्ष २०७५÷७६ को आठ महीनाको आर्थिक सर्वेक्षणअनुसार सन् २००० मा ६१२ गैँडा रहेकामा सन् २०१४ मा ६४५ पुगेको छ । सन् २०१२ मा २८५ कृष्णसार रहेकामा सन १०१३ मा ३०० पुगेको भए पनि त्यसपश्चात् क्रमशः घट्दै गई सन् २०१६ मा २५२ मा सीमित भएको सर्वेक्षणमा जनाइएको छ । त्यस्तै सन् २०११ मा १०२ घडियाल रहेकामा सन् २०१८ मा यो सङ्ख्या २१९ रहेको छ ।रासस

प्रकाशित मिति : 13:43









