३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

घरको जग खन्दा माटाेकाे ढिस्कोले पुरिएर २ जनाको मृत्यु, १ जना घाइते

१४ जेठ, वीरगञ्ज । वीरगञ्जकाे बाइपास रोडमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । मृत्यु हुनेमा बीरगञ्जको बिश्रामपुर गाउँपालिका इटियाहीका ५० वर्षिय दशरथ पण्डित र बाराकै परवानिपुर गाउँपालिका–४ का ५० बर्षिय जवाहिर राम रहेका छन् ।

घरकाे जग खन्दा माटाेकाे ढिस्को खसेर ३ जना पुरिएका थिए । उनीहरुलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि २ जनाको मृत्यु भएको र १ जना ४५ बर्षिय राजेन्द्र रामको गण्डक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठेकदारले मृतकको परिवारलाई ६ लाख क्षतिपूर्ति दिने सहमति भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 13:45