९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री माेदीकाे सपथ समाराेहमा सहभागी हुन बिहीबार भारत जाने

जेठ १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जाने भएका छन् । भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालको सपथ कार्यक्रममा बिम्सटेक राष्ट्रका सरकार प्रमुखलाई बोलाएपछि प्रधानमन्त्री ओली  दिल्ली जान लागेका हुन् । दिल्लीमा रहँदा ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।

सपथ समारोहमा सहभागी भएर ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । मोदीको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्र लगायत आठ देशको सहभागिता रहने भएको बताइएको छ । बिमस्टेकमा भारत लगायत दक्षिण एसिया र दक्षिण पूर्वी एसियाका राष्ट्रहरु सहभागी रहेका छन् । यस संगठनमा ७ देशको प्रतिनिधित्व रहेको छ । जसमा भारतका अलवा नेपाल,बंगलादेश, म्यानमार,श्रीलंका, थाइल्यान्ड, भुटान रहेका छन् ।

लोकसभा निर्वाचनमा भाजपा नेतृत्वको एनडिए गठबन्धनले ३५२ सिट प्राप्त गरेको छ भने भाजपाले मात्र ३०३ सिट प्राप्त गरेको छ । विजयी भएलगत्तै शनिबार मोदी संसदीय दलको नेता चयन भएका थिए ।

प्रकाशित मिति : 12:54