करिष्मा मानन्धरले पनि छाडिन बाबुरामको साथ, पार्टी छाडे पनि राजनीति जारी राख्ने घोषणा
१४ जेठ, काठमाडाैँ । नायिका एवं तत्कालीन नयाँ शक्ति पार्टीकी नेतृ करिष्मा मानन्धरले राजनीतिमा डा बाबुराम भट्टराईको साथ छाडेकी छिन । साच्चिकै नयाँ शक्ति बन्छ भनेर बाबुरामको पार्टीमा सक्रिय भएकी करिष्माले बाबुराम पुरातनवादी राजनीतिक विचार बोकेको संघीय समाजवादी फोरमसँग मिसिन पुगेपछि पार्टी राजनीतिबाट अलग हुने निर्णयमा पुगेकी हुन ।

बाबुरामको प्रेरणाले ८ कक्षामा भर्ना भएर शैक्षिक योग्ता बढाउन थालेकी करिष्माले यसैवर्षमात्र एसइइको परीक्षा दिएकी थिइन । उनले नयाँ शक्तिबाट राजनीतिमा स्थापित हुने योजना बनाएकी थिइन । संसदमा राजनीतिक दलको हैसियत समेत गुमाएको नयाँ शक्ति समाजवादी फोरमको नाममा विघटन नै भएपछि करिष्माले तत्कालका लागि पार्टी राजनीति परित्याग गर्ने निर्णय लिएकी हुन ।

करिष्माले भनेकीछिन ‘मैले मौखिक रुपमा पार्टीबाट राजीनामा दिइसकेकी छु । लिखित रुपमा राजीनामा दिन बाँकी रहेको छ ।’ उनले पार्टी छाडे पनि राजनीति भने नछाड्ने बताएकी छिन । करिष्मा अहिले पनि फिल्म क्षेत्रमा समेत क्रियाशिल छिन ।
प्रकाशित मिति : 05:34









