वर्तमान सरकार पाँच वर्षसम्म चल्छः अध्यक्ष प्रचण्ड
१३ जेठ, विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान सरकार पाँच वर्षसम्म निरन्तर चल्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकारले प्रभावकारी रुपमा कार्य अगाडि वढाइरहेको हुनाले नेतृत्व परिवर्तनको अहिले आवश्यकता नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले विप्लप समूह शान्तिपूर्ण राजनीतिमको बाटोमा आउनुबाहेक अन्य कुनै विकल्प नहरको उल्लेख गर्दै हिंसाको राजनीतिबाट राजनीतिक उद्देश्य पूरा नहुने विचार व्यक्त गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले विकास निर्माण र जनताको समृद्धिका लागि सबै एकजुट भई नयाँ ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले मिडिया काउन्सिल विधेयक आवश्यकताअनुसार सरकारले परिमार्जनसहित अगाडि बढाउने उल्लेख गर्दै यस विषयमा राष्ट्रियस्तर र संसद्भित्र छलफल चलिरहेकाले परिमार्जनसहित विधेयक आउने धारणा व्यक्त गर्नुभयो ।रासस
प्रकाशित मिति : 18:44









