९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

बम विस्फोट गराउनेलाई प्रधानमन्त्री ओलीकाे प्रश्न माग के हो ? अव के चाहियाे ?

१३ जेठ, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताउएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, “हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो ?” प्रधानमन्त्रीले संविधान बमोजिम भएको निर्वाचनबाट सरकार निर्माण भएको उल्लेख गर्दै भने, “अब के चाहियो ?” सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको बताए । विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको भन्दै प्रधानमन्त्री ओलीले नेपाललाई अशान्तितिर लैजाने प्रयासलाई सरकारले रोक्ने चेतावनी समेत दिए ।

साेहि अवसरमा प्रधानमन्त्री ओलीले सरकारले प्रेस स्वतन्त्रतामा शतप्रतिशत ग्यारेन्टी गर्ने स्पष्ट पारे । संविधानमै रहेको प्रेस स्वतन्त्रताको व्यवस्थालाई सरकारले सम्मान गर्ने बताउनुभएको छ । “ प्रेस स्वतन्त्रताको सम्बन्धमा संविधानले व्यवस्था गरेभन्दा सरकार एक अक्षर पनि तलमाथि गर्दैन” प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रकाशित मिति : 18:44