३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

कुकर बम पड्काउने तयारी गरिरहेका विप्लवका सात कार्यकर्ता सशस्त्र प्रहरीबाट पक्राउ (नामसहित)

१२ जेठ, काठमाडाैँ । सशस्त्र प्रहरी बलले उपत्यकाका विभिन्न स्थानबाट विप्लव समूहका कार्यकर्तालाई हात हतियार तथा विस्फोटक पदार्थसहित केही बेर अघि पक्राउ गरेको छ । कुकुर बम बनाएर सहरका विभिन्न भागमा विस्फोटको तयारी गरिरहेको अवस्थामा उनीहरूलाइ पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बल स्रोतका अनुसार पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका घर भएका आशिष भनिने डम्बरबहादुर तामाङ, सल्यान बाघ भैरब घर भएका भक्तपुरको विद्यार्थी जिल्ला अध्यक्ष चित्र कमल ओली, भक्तपुर ठिमीका नेवा मोर्चाका केन्द्रीय सदस्य राकेश श्रेष्ठ, ओखलढुंगा चण्डेश्वरीका बुद्धिबहादुर सुनुवार, त्रिवेणी ५ रोल्पा घर भएका भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, मेचीनगर ३ झापा घर भएका तेजराज काफ्ले, रामेछाप खाँडदेवी २ घर भएका तेजबहादुर मोक्तान रहेका छन ।

प्रकाशित मिति : May 26, 2019 at 8:54 pm