३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

घट्टेकुलो र सुकेधारामा विस्फोटहुँदा २ को मृत्यु, ७ घाइते

१२ जेठ, काठमाडौं । सुकेधारा र अनामनगर घट्टेकुलोमा सिलिण्डर विस्फोटहुँदा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।सुकेधारा र अनामनगर दुबै स्थानमा एकएक जना घटनास्थलमै मृत भेटिएकाे प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताएका छन् । सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा सिलिन्डर विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका ५ जनालाई ओम अस्पताल पुर्‍याइएको छ । घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ ।

प्रकाशित मिति : 18:07