काठेपुल तर्ने क्रममा दाजुभाई खाेलामा खसे, भाइको मृत्यु, दाइको उद्धार
९ जेठ, बझाङ । बिहीबार काठेपुलबाट खाेलामा खसेर एक बालकको ज्यान गएकाे छ । बझाङकाे तल्कोट गाँउपालिका वडा नम्बर १ सुनिकोटका नरेन्द्र बमका ६ वर्षीय छोरा पदम बमको सुनिगाडमा हालेको काठेपुल तर्ने क्रममा खाेलामा खसेर ज्यान गएकाे प्रहरीले जनाएको छ ।

काफल खान भनेर गएका दुई दाजुभाई खोला तर्न खोज्दा काठे पुलबाट खसेका हुन् । नरेन्द्र बमका १२ वर्षीय छोरा विराज बमलाई खोला नजिकै रहेका उनका काकाले समात्न सफल भए पनि कान्छालाई भने समात्न नसकेर मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
पदम बमकाे शव दुई किलोमिटर तल फेला पारेको प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसीले बताए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति : 20:18









