३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

शौचालय गएकी किशोरीमाथि सामूहिक बलात्कार गर्ने ३ जना पक्राउ

९ जेठ, म्याग्दी । १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गर्ने ३ जना पक्राउ परेका छन् । जेठ ७ गते मध्यरातमा पिसाब गर्न भनी घर नजिकैको शौचालयमा जाँदा नाम परिवर्तन (संगिता) सामूहिक बलात्कारको सिकार भएकी थिइन् ।

पक्राउ पर्नेहरुमा म्याग्दी बेनी नगरपालिका–५ का २६ वर्षिय कृष्ण विक, सोही ठाउँका २१ वर्षिय विकास किसान र १९ वर्षिय प्रेम किसान रहेका छन् । उनीहरुले संगितालाई करणी गर्न नदिए मारिदिने भन्दै नजिकैको जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जानकारी दिएकाे छ ।

पक्राउ परेका उनीहरुलाई जबरजस्ती करणी मुद्दा दर्ता गरी म्याग्दी जिल्ला अदालतबाट हिरासतमा राख्नको लागि ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 18:48