३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

अध्यक्ष प्रचण्डद्वारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई

९ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी हुनुभएकोमा आज बधाई दिनुभएको छ ।

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले लोकसभा निर्वाचनमा प्रधानमन्त्री मोदी र उहाँको दल भारतीय जनता पार्टीले भारी मत प्राप्त गरेकोमा शुभकामना व्यक्त गर्नुभएको हो । भारतीय लोकसभा निर्वाचनको आज मतगणना भइरहेको छ । कूल ५४२ संसदीय क्षेत्रमा मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय गठबन्धनले स्पष्ट बहुमत हासिल गर्ने देखिएको छ ।रासस

प्रकाशित मिति : 18:06