३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

एकाएक ३० हजार माछा मरेपछि कृषक चिन्तित

९ जेठ, काठमाडाैँ । नीलकण्ठ नगरपालिका–३ गौतीमा पालिएको ३० हजार माछा मरेपछि माछापालक कृषक चिन्तित भएका छन् ।तीन महीनाअघि माहुर जातको माछा पोखरीमा हालिएकामा ३०० ग्रामदेखि ८०० ग्रामसम्म पुग्न लाग्दा एकाएक सबै माछा मरेको माछापालक कृषक चन्द्र तामाङले बताउनुभयो । टाउको पखेटा, पुच्छरमा रातो भएर छटपटाउने, सुस्त हुने र माछा मर्ने गरेको छ । बिक्रीका लागि तयारी अवस्थामा पुगेका माछा मरेपछि आफू समस्यामा परेको उहाँको भनाइ थियो ।

चार वर्षदेखि माछापालन गर्दै आउनुभएका तामाङको चार पोखरीमध्ये सबैभन्दा ठूलो पोखरीमा रहेको माछा सखाप भएपछि मरेका माछाले दुर्गन्ध फैलिएको छ । वर्षको रु एक लाख ७० हजार भाडा तिरेर माछापालन गरिरहनुभएका उहाँले जिल्लामा रहेको भेटेनरी अस्पतालमा सम्पर्क गर्दा माछाविज्ञ नभएको अस्पतालका सूचना अधिकारी घुरन मण्डलले बताउनुभयो ।

प्रकाशित मिति : May 23, 2019 at 5:19 pm