काठमाडौँकाे जरङ्खुमा दुर्घटनाहुँदा रसुवाका एककाे मृत्यु, नुवाकाेटका अर्का घाइते
९ जेठ, काठमाडाैँ । काठमाडौं तारकेश्वर नगरपालिका-११ जरङ्खु लामबगरस्थित सडकमा दुर्घटनाहुँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना घाइते भएका छन् । बुधबार राति बा.५ ख ६४४९ नम्बरको टिपर र बा. ८० प ७२९० नम्बरको मोटरसाइकल एकआपसमा ठाेकिदा उक्त दुर्घटना भएकाे हाे ।

बुधबार राति भएकाे दुर्घटनामा मोटरसाइकलमा सवार रसुवा घर भई हाल तारकेश्वर नगरपालिका-४ गुहेश्वरी बस्ने २७ वर्षीय आकाश तामाङको मृत्यु भएको छ भने नुवाकोट घर भई हाल तारकेश्वर नगरपालिका-११ जरङखु बस्ने २८ वर्षीय राजकुमार तामाङ घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका आकाशकाे वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार नुवाकोटका राजकुमारकाे सोही अस्पतालमा उपचार भैरहेकाे छ । दुवै सवारी साधन र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : 15:59









