१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

भ्रष्टाचारीलाई जोगाउन मिडिया काउन्सिल विधेयक ल्याइएको आरोप

९ जेठ, काडमाडाैँ । कानून व्यवसायी तथा पत्रकारले सरकारले संसद्मा पेश गरेको ‘मिडिया काउन्सिल विधेयक’ भ्रष्टाचारलाई प्रोत्साहन गर्न ल्याइएको आरोप लगाएका छन् । स्वतन्त्र पत्रकार सङ्घ जिल्ला शाखा भक्तपुरले बुधबार यहाँं आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार विरुद्धमा लेख्ने पत्रकारको मुखमा नत्थी कसेर भ्रष्टाचारलाई मलजल दिन विधेयक ल्याएको आरोप लगाएका हुन् ।

वरिष्ठ कानून व्यवसायी बालकृष्ण न्यौपाने, स्वतन्त्र पत्रकार सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष केवी सम्राट, स्वतन्त्र पत्रकार सङ्घ भक्तपुरका अध्यक्ष डा इन्दुल केसी, पत्रकार विजयबहादुर देउजा, अधिवक्ता यज्ञबहादुर कार्की, महेशजंग कुँंवर, बद्री दुलाल, कृष्ण प्रजापति लगायतले प्रेस काउन्सिल नेपाललाई विघटन गरी नयाँं स्थापना गर्न लागिएको मिडिया काउन्सिलमा पदाधिकारीको नियुक्तिको व्यवस्थाले पनि मिडियालाई नियन्त्रणमा राख्न खोजेको आरोप लगाउनुभयो । रासस

प्रकाशित मिति : May 23, 2019 at 10:40 am