उपचारका लागि सभापति देउवा सिंगापुर प्रस्थान
९ जेठ, काठमाडौँ । उपचारका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । पेटमा समस्या देखिएपछि त्यसको उपचारका लागि बुधबार राति सिंगापुर प्रस्थान गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
लामाे समयदेखि पेटसम्बन्धी समस्या झेल्दै आइरहेका देउवाले सिंगापुरको माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका छन् । चिकित्सकको सल्लाहअनुसार देउवा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
देउवापत्नी आरजू राणालाई साथमा लिएर गएका देउवा त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार ०८:०१