१८ लाख घुस लिएकाे भन्दै उच्च अदालतका न्यायाधीश ढकालविरुद्ध सर्वोच्चमा रिट
८ जेठ, काठमाडौँ । सेवाग्राहीबाट घुस लिएको आरोप लागेका उच्च अदालत राजविराजका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज रिट दिवेदन दर्ता गर्न आदेश दिएपछि सो निवेदन दर्ता भएको हो ।

सेवाग्राहीबाट रु १८ लाख घुस लिएको अभियोगमा सार्वजनिक सरोकारको विषयअन्तगर्तत काभ्रेपलाञ्चोकका उमेश बानियाँले न्यायाधीश ढकालविरुद्ध सर्वोच्च अदालतमा यही जेठ ६ गते पेश गरेको रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो ।
सो दरपीठविरुद्ध बानियाँले इजलासमा दर्ता गर्न निवेदन दिएपछि न्यायाधीश मल्लको इजलासले ठरपीठको आदेश बदर गरी निवेदन दर्ता गर्न आदेश दिएको हो । आदेशलगत्तै रिट निवेदन दर्ता भएको हो ।
प्रकाशित मिति : 19:28







