काठमाडाैँकाे फुटुङबाट पाटेबाघको छाला बार्गेनिङ गर्दागर्दै रसुवाका २ जना पक्राउ
८ जेठ, काठमाडौँ । काठमाडाैँकाे फुटुङस्थित डाँडागाउँबाट प्रहरीले पाटे बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसुवाका २८ वर्षिय होम बहादुर तामाङ र २८ वर्षिय आइते तामाङ रहेका छन् । २४ लाख बाग्रेनिङ गर्दागर्दै महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

बाघको छाला कारोबारी हुने गरेको गोप्य खबर पाएपछि प्रहरीले नार्गाजुन जंगल नजिकैबाट उनीहरुलाई पक्राउ गरिएको बालाजु वृतका प्रमुख बालनर सिहं राणाले जानकारी दिए ।
उनीहरुको साथमा ५ जना भएपनि अन्य ३ जना भने भागेको प्रहरीले बताइएको छ । पक्राउ परेका उनीहरुलाई बालाजु वृत्त ल्याई थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 19:04









