३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

यस्ती पनि आमा ! आफु लागू औषध कारोबारी, छोराहरु बने दुर्व्यसनी

८ जेठ, काठमाडाैँ । काठमाडाैँमै एकजना महिला लागू औषध कारोबारकाे आराेपमा पक्राउ परेकी छन् । काठमाडौँ वडा नम्बर १६ कोटेश्वरकी ५० वर्षीया साबित्री श्रेष्ठले घरमै लागू औषधकाे कारोबार गर्दै आइरहेकाे सूचनाकाे आधारमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा श्रेष्ठलाई पक्राउ गरेको हो ।

नियन्त्रित मनोद्विपक लागू औषध डाईजेपाम ६७० एम्पुल, बुप्रेनोर्फिन ५६१ र फेनारगन ५६० एम्पुल गरी जम्मा १७११ एम्पुल र लागू औषध बिक्रि वितरण गरी संकलन गरिएको एक लाख ४१ हजार रुपैयाँ सहित प्रहरीले नयाँ बसपार्कबाट श्रेष्ठलाई पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी वसन्त लामाले जानकारी दिए ।

श्रेष्ठले विगत ६–७ वर्षदेखि नियन्त्रित लागू औषध भारतीय सीमा नाकाबाट मगाउने र आफ्नै घरबाट लागू औषध सेवन कर्ताहरुलाई बिक्रि वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धाबाट खुलेको एसएसपी लामाले बताए । श्रेष्ठका २४ वर्षीय ३५ वर्षीय २ छोरा समेत लागू औषध दुर्व्यसनी रहेको खुल्न आएको छ । आमाले कारोबार गर्न थाले पछि छोराहरुले लागू औषध सेवन सुरु गरेको र उनीहरु पनि कारोबारमा संलग्न रहेकाे प्रहरीले बताएकाे छ ।

श्रेष्ठका श्रीमान् भने सरकारी जागिरे हुन् । उनी अलगै बस्दै आएका छन् ।

प्रकाशित मिति : 18:43