आफ्नै साथिकाे हत्या गरी जंगलमा फाल्ने ४ जना पक्राउ
८ जेठ, बुटवल । आफ्नै साथिकाे हत्या गरी जंगलमा फाल्ने ४ जना पक्राउ परेका छन् । कपिलवस्तु वाणगंगा नगरपालिका -६ का २७ वर्षिय चिरञ्जीवि आचार्यको हत्या उनकै साथिहरूले गरेकाे खुलासा भएकाे छ । गत जेठ ६ गते रुपन्देहीको सैनामैनामा रहेको शितलापुर सामुदायिक वनमा आचार्यको शव भेटिएको थियो ।
होटलमा मदिरा खाँदाखाँदै एकजनाकाे मोवाइल र १३ हजार हराएकाे भन्दै एकले अर्काेलाई चोर दोष लगाउने गर्दागर्दै विवाद बढेको थियो । विवाद भएपछि आचार्यकै मोटरसाइकलमा ३ जना चढेर सालझण्डी आएको र जंगलमा ढुंगाले हानेर हत्या गरी भागेको अनुसन्धानकाे क्रममा खुलेको प्रहरीले जनाएको छ ।

सामान्य विवाद भएपछि प्रहरी अनुसन्धानका क्रममा १३ हजार र एम थान मोवाइलकै कारण आचार्यको हत्या भएको खुलेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले सो घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको बताए ।
आचार्यसहित ५ जना वाणगंगा नगरपालिका ६ लक्ष्मणघाट छेउको एक रेष्टुरेन्टमा बसेर मदिरा पिउने क्रममा मोवाइल र १३ हजार रुपैयाँको विषयमा विवाद भएको थियो । इलाका प्रहरी कार्यालय बुटवलले हत्या आरोपमा कपिलवस्तु बाणगंगा ६ का २० बर्षका राजु बिक, ३३ वर्षका रमेश बिक, २८ बर्षका गोपाल खनाल, २४ बर्षका बसन्त खत्रीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रकाशित मिति : 15:31









