३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

नेपाली मुलका डा. जगन्नाथ शर्मा दुई तिहाई मतसहित बेलायतमा मेयरमा निर्वाचित

८ वैशाख, काठमाडाैँ । नेपाली मुलका डा. जगन्नाथ शर्मा बेलायतको कोलबर्न टाउन काउन्सिलको मेयरमा निर्वाचित भएका छन । पर्वतको बिहादीमा जन्मिएका एक गैरआवासीय नेपाली वेलायतमा मेयर पदमा निर्वाचित भएका हुन । बेलायतको राजनीतिमा लामो समयदेखि सक्रिय डा. शर्मा नर्थ योर्कशायरको कोलबर्न टाउन काउन्सिलको मेयरमा निर्वाचित भएका हुन् । शर्मा दुई तिहाई मत प्राप्त गर्दै  सोमवार भएको स्थानीय काउन्सिलरहरु बीच निर्वाचनमा निर्वाचित हुन सफल भएका हुन ।

शर्मा यसअघि सो क्षेत्रमा तीन पटकसम्म काउन्सिलर र उपमेयरमा समेत निर्वाचित भएका थिए। मेयर पदमा निर्वाचित भए पछि शर्माले  आफ्नो क्षेत्रमा नेपाली समुदाय र बेलायतीबीच रहेर पुलको रुपमा काम गर्ने बताएका छन । शर्माले आफ्नो क्षेत्रमा हाउजीङ, बेरोजगार लगायतको समस्या रहेको बताउँदै आगामी दिनमा समुदायतको आकांक्षा पुरा गर्न तल्लिन रहने बताए।

शर्माले नेपाल र बेलायतबीचको सम्वन्धलाई जनस्तरमा लैजान समेत पहल गर्ने बताए।  उक्त पदमा पुग्न सफल भए। शर्माले स्थानीय आर्मी मेडिकल अस्पतालमा स्पोर्टस् डाक्टरको रुपमा हेड अफ डिपार्टमेन्टको जिम्मेवारी समेत समाल्दै आएका छन्।

 

प्रकाशित मिति : May 22, 2019 at 6:49 am