३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

नेकपा अध्यक्ष प्रचण्डका पूर्व प्रेस संयोजक पूर्ण कार्की ठगी मुद्दामा पक्राउ

७ जेठ, काठमाडाैँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्व प्रेस संयोजक पूर्ण कार्की ठगी मुद्दामा पक्राउ परेका छन । २० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पाँच दिनअघि  कार्कीलाई पक्राउ गरेको हो । कार्कीविरुद्ध चारजनाले प्रहरीसमक्ष उजुरी दिएका हुन् । रामेछाप घर भएका कार्कीलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखी अनुसन्धान भैरहेको छ ।

बैंकिङ कसुरमा पक्राउ परेका कार्कीका बारेमा थप अनुसन्धान भइरहेको वृत्तका डीएसपी सुनिल मल्लले बताएको नागरिक खबरले जनाएको छ । अभियुक्त कार्कीलाई अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कार्कीबारे थप उजुरी पर्ने अनुमान रहेको प्रहरी स्रोतले बताएको छ । ठगीको मुद्दामा चेक बाउन्स भएपछि उनी पक्राउ परेको स्रोतले जनाएको छ ।  सूर्यकिरण शर्मालाइ हटाएर  दाहालले ३ नम्बर प्रदेश कार्यालयका पूर्ण कार्कीलाई संयोजक बनाएका थिए । उनको यस निर्णयको पार्टीभित्रै बिरोध भएको थियो ।

प्रकाशित मिति : 23:18