९ जनाको सामूहिक हत्या प्रकरण: ज्वाइँ झुण्डिएको स्थान नजिकै भेटियो रगत लतपतिएको खुकुरी
७ जेठ, काठमाडाैँ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा झुण्डिएर आत्महत्या गरेका कान्छा ज्वाई मानबहादुर माखिम झुण्डिएको नजिकै रगत लागेको धारिलो हतियार फेला परेको प्रहरीले जनाएको छ । धारिलो हतियार फेला परेसँगै नौ जनाको सामूहकि हत्यामा माखिमको नै संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

माखिमले लगाएको कपडा पनि रगतले लतपतिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनामा घाइते भएकी बालिकाको बयान र स्थानीयको भनाइको आधारमा हत्यामा माखिमकै संलग्नता रहेको हुन सक्ने आशंका गरिएको जानकारी प्रहरीले दिएकाे छ ।
प्रकाशित मिति : 17:21









