पाँचथर हत्या प्रकरणः ९ जनाकाे विभत्स हत्या, ज्वाइँकाे आत्महत्यासँगै घटनामा झाँक्री देखिए
७ जेठ, काठमाडाैँ । सोमबार राति पाँचथर मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेस्थित दुई परिवारका ९ जनाको विभत्स हत्याकाे बिचमा झाँक्री देखीएकाे छ । ९ जना परिवारको विभत्स हत्यामा संलग्न रहेको आंशका गरिएका ७४ वर्षीय वमबहादुर फियाकका कान्छो ज्वाइँले झुडिएर आत्महत्या गरेका छन् । ९ जनाको हत्या भएपछि उनले रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनले आत्महत्या गरेपछि घटना थप रहस्मय बनेको छ ।

धामी बसेपछि हत्या
स्थानीयबासीका अनुसार धनराजको घरमा सोमबार राति धामी राखिएको थियो । धनराजको घरमा मध्यरातिसम्म चिन्ता बसाइसकेपछि आक्रमण भएको खुलेको छ । मध्यराति चिन्ता सकिएर छिमेकी र धामीसमेत गइसकेपछि धनराजको परिवारमाथि खुकुरी प्रहार भएको खुलेको छ ।

सामान्य किसिमको घटना नभएकाले अनुसन्धान गर्ने विशेष टोली काठमाडौंबाट बाटोमा आउँदै गरेकाले गहिराईमा पुगेर अनुसन्धान गरिने प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए । शवलाई प्रहरीले सुरक्षा दिइरहेको छ । भागेर बाँच्न सफल भएकी १२ वर्षीय सीता खजुमको झापामा उपचार भइरहेको छ ।
प्रकाशित मिति : 17:02









