३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

हामीले सरकारलाई अधिनायकवादी र कांग्रेसलाई प्रेस स्वतन्त्रताको हिमायती भनेका छैनौँः अध्यक्ष आचार्य

७ जेठ, काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मिडिया काउन्सिल बिधेयक संसदबाट हुबहु पारित भए छुट्टै मिडिया काउन्सिल गठन गर्ने चेतावनी दिएका छन । मंगलबार गोगो फाउण्डेसनले काठमाडौँमा गरेको ‘सांसद–नागरिक संवाद’ कार्यक्रममा अध्यक्ष आचार्यले प्रेसको घाँटी निमोठ्ने गरी आउने कुनै पनि कानुनको डटेर बिरोध गर्ने बताए ।

उनले भने ‘हामी सरकारलाई अधिनाकवादी र प्रतिपक्षीलाई प्रेस स्वतन्त्रतको हिमायती भनिरहेका छैनौ । सबैभन्दा बढी प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गरी कानुन बनाउने नेपाली कांग्रेस नै हो । पोखराका पत्रकार अर्जुन गिरी पक्राउ परेर थुनिदाँ कांग्रेसले चुँ पनि बोलेन र अहिले पनि सरकारसँग कुनै स्वार्थमा कुरा मिल्यो भने कांग्रेसले प्रेस स्वतन्त्रताको लागि भनेर हाम्रा निम्ति आवाज उठाउँछ भन्नेमा हामीलाई शंका छ ।’

अध्यक्ष आचार्यले प्रेस स्वतन्त्रता भनेको जनताको अवाज भएकाले जनताको आवाज नै कुण्ठति गर्ने गरी कानुनहरु बनाउन नहुनेमा बताए ।

प्रकाशित मिति : 13:31