३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

९ जनाको हत्या प्रकरणः चार दिनअघि नै नुनमा सिसा मिसाएर हत्याको प्रयास गरेकाे खुलासा

७ जेठ, काठमाडाैँ । पाँचथरमा दुई परिवारका नौ जनाको विभत्स हत्या गरेकाे समाचार आएसँगै चार दिनअघि नै नुनमा सिसा मिसाएर हत्याको प्रयास गरेकाे खुलासा समेत भएकाे छ । याे घटना पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा भएकाे हाे । मुखुण्डो लगाएर आएको अज्ञात समूहले ससुरा बमबहादुर फियाक र ज्वाइँ धन बहादुरको परिवारको हत्या गरेको हो ।

भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खुजुमकाले मकुन्डोधारी समूहले १२ बजेभन्दा अघि नै हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् । ४ दिनअघि  धन बहादुर शेर्माकाे घरमा  बनाइएकाे खानामा प्रयाेग भएकाे नुनमा सिसाको धुलो हालेको पाइएको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईले बताएकी छिन् ।

खानामा कसले सिसाको धुलो भएको नुन हालेको भन्ने विषयमा अनुसन्धान भइरहँदा ४ दिनपछि यस्तो घटना घट्नुले धेरै प्रश्नहरु उब्जाएको वडाध्यक्ष राईले बताइन् । खाना बनाउँदा त्यतिबेला कसले सिसा भएको नुन हाल्यो भन्ने पनि अहिलेसम्म कुरा खुलेको छैन ।

याे पनि पढ्नुहाेस्ः

मुखुण्डो लगाएर आएको समूहद्धारा पाँचथरमा दुई परिवारका नौ जनाको विभत्स हत्या

प्रकाशित मिति : 11:27