देशभरका सार्वजनिक जग्गा हिनामिना भएको विषयमा निष्पक्ष छानबिन हुनुपर्छः नेता रावल
६ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले देशभरका सार्वजनिक जग्गा हिनामिना भएको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभएको छ ।
आज यहाँ आयोजित साक्षत्कारमा उहाँले सार्वजनिक जग्गा अतिक्रमण गर्ने दोषीमाथि कारवाही गरिनुपर्नेमा जोड दिनुभयो । अतिक्रमण गरिएको जग्गा फिर्ता ल्याउने निर्णय गरेकामा धन्यवाद दिँदै उहाँले भन्नुभयो, “जग्गा फिर्ता ल्याएर मात्रै हुँदैन, निश्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरमा नै ल्याउनुपर्छ ।”

भातृ सङ्गठनको जिम्मेवारी बाँडफाँडमा असन्तुष्टि देखिनु स्वभाविक भएको उल्लेख गर्दै नेता रावलले एकता प्रक्रियाका क्रममा देखिएका असन्तुष्टिलाई आन्तरिक रुपमा समाधान गरिने बताउनुभयो । रासस
प्रकाशित मिति : May 20, 2019 at 10:53 pm









