३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता जेठ २० देखि हुने

६ जेठ, काठमाडाैँ । जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल सङ्घ नुवाकोटको आयोजनामा दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता यही जेठ २०–२९ गतेसम्म हुने भएको छ । प्रतियोगितामा देशभरिका उत्कृष्ट १० टोलीको सहभागिता हुने जिल्ला फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो ।

फाइल फाेटाे नुवाकाेट गाेल्डकप

प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति बनाइएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा प्रतियोगिता संयोजक बुद्धिबहादुर प्रधानले बताउनुभयो । पहिलो संस्करणमा नेपाल पुलिस क्लब र थ्रि स्टार प्रथम र द्वितीय भएका थिए । उत्कृष्ट खेल मैदानमा सम्पन्न हुने दोस्रो संस्करणका लागि ए डिभिजनका क्लबसँंग छलफल भइरहेको एन्फा केन्द्रीय सदस्य पूर्णमान चित्रकारले बताउनुभयो ।

प्रचारप्रसार, मैदान तथा मञ्च व्यवस्थापन, टिकट तथा पास व्यवस्थापन, होटल व्यवस्थापन, अतिथि सत्कार तथा पुरस्कार वितरण, अर्थ सङ्कलनलगायत उपसमिति बनाई प्रतियोगिता सम्पन्न गर्ने गरी कार्यविभाजन गरिएको प्रचारप्रसार संयोजक विजय गुरुङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 20, 2019 at 7:07 pm