९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

५० लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भन्ने सिन्धुपाल्चोकका लालबहादुर तामाङ पक्राउ

६ जेठ, काठमाडाैँ । ५० लाख दिए प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदिन्छु भन्ने सिन्धुपाल्चोकका लालबहादुर तामाङ पक्राउ परेका छन् । सिन्धुपाल्चोकको लिसाँखु गाउँपालिका-२ घर भइ हाल बानेश्वर बस्ने ३४ वर्षीय लालबहादुर तामाङले सामाजिक संजाल फेसबुकको दुरुपयोग गरी प्रधानमन्त्री ओलीलाई मार्ने धम्की दिएपछि प्रहरीले उनलाई पक्राउ गरेकाे हाे ।

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाइनमा पचास करोड दिनुस् म मोदीलाई मारी दिन्छु भन्‍ने शीर्षकमा प्रकाशित समाचारमा उनले सलिम योञ्जन तामाङ भाइ नामक फेसबुक आइडीबाट कमेन्ट गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रधानमन्त्रीलाई नै मारिदिन्छु भनी तामाङले जनतामा भ्रम र त्रास फैल्याएकाले पक्राउ गरिएको जनाएको छ। उनलाई बानेश्वरबाट पक्राउ गरी बिद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : 18:03