२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

नेकपाका नेताद्वारा राती घरमा सुतिरहेका शिक्षकमाथि खुकुरी प्रहार, ६ जना घाइते

५ जेठ, काठमाडाैँ  । नेकपाका नेताले खुकुरी प्रहार गर्दा  एक जना शिक्षक घाइते भएका छन् । अछामकाे तुर्माखाद गाउँपालिका – ८ धमालीमा नेपाल कम्युनिस्ट पार्टीका नेताले  शिक्षकलाई घाइते खुकुरी प्रहार गरेर घाइते बनाएका हुन् ।

तुर्माखाद गाउँपलिका–८ निवासी सिद्देश्वरी माविका पूर्व शिक्षक भीमबहादुर बिष्टलाई तुर्माखाद गाउपालिका– ८ का वडा कमिटी अध्यक्ष भीमबहादुर बिष्टसहितको टोलीले राती घरमा सुतिरहेका शिक्षक बिष्टमाथि खुकुरी प्रहार गरेका हुन् ।  खुकुरी प्रहार गर्ने नेता बिष्टको हातबाट खुकुरी खोस्ने क्रममा अन्य ६ जनाको पनि हातमा चोट लागेको छ ।

प्रकाशित मिति : 17:47