काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खस्यो
५ जेठ, काठमाडाैँ । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस त्रिशुलीमा खसेको छ । काठमाडाैँ आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बन्छेटारबाट त्रिशुली नदीमा खसेको हो । इलाका प्रहरी कार्यालय गुजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलका अनुसार बस दुर्घटनापछि उद्धारको काम चलिरहेको । ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस केहीबेरअघि त्रिशुलीमा खसेको हो ।

प्रकाशित मिति : 07:47









