अध्यक्ष महराले नै कर छलेकाे प्रमाणित, वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागमा उजुरी
४ जेठ, काठमाडाैँ । काठमाडौं मल व्यापार संघकी अध्यक्ष सुष्मा महराले कर छली गरेको रहस्य बाहिर आएसँगै उनकाविरुद्ध वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभाग बबरमहलमा उजुरी समेत परेको छ ।
काठमाडौं मलभित्र भ्रष्टाचार भएको भनेर उत्पात मच्चाउँदै आएकी महराले काठमाडौं मलको चौथो तलाको ४–३२ नम्बरको सटरमा अध्यक्ष महराले ‘फेसियल हाउस’ सञ्चालन गर्दै आएकी छिन् । महराले ग्राहकहरूलाई प्यान बिल नदिएर साधारण बिल दिएर कर छली गर्दै आएको खुलासा भएको छ ।

कर छली काण्डमा अध्यक्ष महराको फेसियल हाउस २०७६ वैशाख २३ गते विभागमा उजुरी परेको हो । विभागको दर्ता नम्बर १६१५ रहेको सो उजुरीलाई विभागले छानविन शुरू गरेको जनाएको छ । महराको फेसियल हाउसका शाखाहरू चाबहिल, बागबजार, सिटिसी मल, पोखरा र काँकरभिट्टामा रहेको फेसबुक पेजमा उल्लेख छ । ती सबै शाखाहरूमा पनि कर छली हुने गरेको आरोप छ ।
सरकारी निकायमा दर्ता नै नभएको ‘वाच नेपाल’ नामक युट्युब च्यानलको अन्तर्वार्तामा फेसियल हाउसकी म्यानेजिङ डाइरेक्टर समेत रहेकी अध्यक्ष महराले राज्यलाई कर तिर्ने गरेको दाबी गरेकी छिन् ।
प्रकाशित मिति : 18:59









