३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

नगरपालिकाको कार्यालयभित्रै प्रधानाध्यापकले वडाध्यक्ष कुटे

४ जेठ, काठमाडाैँ । दैलेखकाे चामुण्डाविन्द्रासैनी नगरपालिकाको कार्यालयभित्रै ५ नम्वर वडाका वडाअध्यक्ष नारायणप्रसाद रेग्मी कुटिएका छन्। कार्यपालिकाको बैठकमा सहभागी हुन शुक्रवार पुगेका वडाअध्यक्ष रेग्मीलाई देउती आधारभुत प्राथमिक विद्यालयका शिक्षक जगतबहादुर शाहीले गालीगल्लोज गर्दै आक्रमण गरेका थिए।

वडाध्यक्ष नाराएण प्रसाद रेग्मी

आक्रमणबाट वडाअध्यक्ष रेग्मीकाे कपडा च्यातिएको छ भने, शरिरमा सामान्य चोट लाग्नुका साथै निलडाम बसेको छ। शिक्षकले आक्रमण गरेपछि नगरपालिकाका सुब्वा लोकेश शाहीले छुट्याएका थिए। देउती आधारभुत विद्यालय वनाडाका प्रावि स्थायी शिक्षक शाहीले विद्यालयमा आर्थिक हिनामिनाको आरोप लागेको थियो ।

३ वर्षदेखि लेखापरीक्षयण नगरेको, विलभरपाई नक्कली पेश गरेको आरोप लागेको थियो। लेखा समितिको बैठकले बेरूजु ननिकाल्नका लागि समितिका अध्यक्ष सिता जैसी र वडाअध्यक्ष रेग्मीलाई धम्की दिदैं आएका थिए। आफुलाई प्रधानाध्यापकबाट हटाउने निर्णय गरेको भन्दै शिक्षक शाहीले आक्रमणगरि कुटपिट गरेको वडाअध्यक्ष रेग्मीले बताए।

प्रकाशित मिति : May 18, 2019 at 6:06 pm