९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

लुम्बिनी भ्रमणवर्षको शुभारम्भ, राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो

४ जेठ, काठमाडाैँ । लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गरएिको छ । राष्ट्रपत विद्यादेवी भण्डारीले लुम्बनिीमा आज आयोजति बुद्धपूर्णमिा तथा लुम्बनिी दविस र लुम्बनिी भ्रमणवर्ष २०७६ शुभारम्भ कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष शुरु भएको घोषणा गर्नुभएको हो ।

उहाँले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूम लुम्बिनी घुम्न आउन नमिन्त्रणा गर्नुभएको छ । लुम्बिनीको विकासले प्रदेश नं ५ लाई समृद्ध बनाउन सकारात्मक भूमकिा नर्विाह गर्ने उल्लेख गर्दै उहाँले लुम्बिनीलाई विश्वशान्तीकाे केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको बताउनुभयो ।

स्थानीयवासीको सहयोग र सहकार्यलाईसँगै लिएर अघिबढ्न आग्रह गर्दै राष्ट्रपत भण्डारीले गुरुयोजना छिटाे पूरा गर्न लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराउनुभयो । उहाँले बुद्धस्थललाई जोडेर आन्तरकि पर्यटकीय परिपथ र बाह्य मुलुकसँग जोडेर वृहत पर्यटकीय परिपथ निर्माण गर्न सकिने भएकाले सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले बुद्धपूर्णिमालाई वैशाख दिवसका रुपमा विश्वभर मनाउने वातावरणका लागि पहल गरेकामा सरकारलाई धन्यवाद दिनुभयो । लुम्बिनी क्षेत्रलाई विश्वस्तरको शैक्षिक केन्द्रको रुपमा प्रवर्द्धन गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपत भण्डारीले लुम्बिनी क्षेत्रमा शान्त, स्थिरता कायम गर्दै जानुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : 15:40