२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

मजदुरको समस्या समाधानपछि श्रममन्त्री विष्ट चिया उद्योगको अवलोकनमा (फोटोफिचर)

४ जेठ, झापा । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले चिया मजदुरको माग सम्बोधन गराएर इलामबाट फर्कनेक्रममा झापाका चिया उद्योगको अवलोकन गरेका छन । मन्त्री विष्टले शनिबार बिहान बिर्तामोडको केही चिया उद्योगको अवलोकन गरेका हुन । यसअघि मजदुर र रोजगारदाताबीच सहमति गराएर इलाम पुगेका मन्त्री बिष्ट चिया श्रमिकको धन्यवाद थापेर फर्किएका छन् ।

शुक्रबार कन्याम चिया वगानका मजदुरलाई भेट्न कन्याम पुगेका श्रममन्त्रीले समस्या समाधान गर्न पहल गरेको भन्दै व्यवस्थापन र मजदुरलाई धन्यवाद दिएका थिए। श्रमिक नेता नर्वदा निरौलाले श्रमिकका तर्फबाट श्रममन्त्रीलाई समस्या समाधानका लागि सहयोग गरेकोमा धन्यवाद दिइन् ।  तस्बीरहरूः मदन खनाल

 

प्रकाशित मिति : 09:11