१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026
http://kk5.io/NADA2026

नियोजितरुपमा सरकारविरुद्ध अभियान चलाइयोः मुख्यमन्त्री पोखरेल

३ जेठ, रूपन्देही । प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गलत काम गरेर जनताबाट आलोचित नभए पनि नियोजित प्रचारका कारण भ्रम सिर्जना गर्न खोजिएको बताउनुभएको छ ।

नेकपा कपिलवस्तुद्वारा आयोजित मदन–आश्रित स्मृति दिवस तथा अगुवा कार्यकर्ता प्रशिक्षण एवं जिल्ला नेताको शपथ समारोहलाई सम्बोधन गर्दै उहाँले सिण्डिकेट अन्त्य गर्न खोज्नु,काम नगर्ने ठेकेदारमाथि कारवाही थाल्नु, सरकारी जग्गा कब्जा गर्नेमाथि छानबिन थाल्नु, वैदेशिक रोजगारमा ठगी गर्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउनु जस्ता काम थाल्दा ती क्षेत्रबाट गलत फाइदा उठाएकाले नियोजित रुपमा सरकार विरुद्ध अभियान चलाइरहेको बताउनुभयो ।

कार्यक्रममा कृषि तथा पशुपक्षीमन्क्री चत्रपाणि खनालले जनतामा देखिने गरी परिवर्तन गर्न कम्युनिष्ट सरकार बनेको बताउनुभयो । उहाँले अबको बजेट सार्वजनिक हुँदा जनतामा आशा र भरोसाका किरण पलाउने स्पष्ट पार्नुभयो । नेकपाका प्रदेश अध्यक्ष ओनसरी घर्तीले नेकपाको निर्माण देशमा समाजवाद स्थापनाका लागि भएकाले संविधानले सुनिश्चित गरेको समाजवाद जनताको घरहुँदै समाजका सबै क्षेत्रमा सुनिश्ििचत गर्न केही समय लाग्ने बताउनुभयो ।

प्रकाशित मिति : May 17, 2019 at 10:43 pm