९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

विप्लवका रोल्पा इन्चार्ज जयबहादुर रोकासहित ३ जना हतियारसहित पक्राउ

३ जेठ, काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव समूहका रोल्पा जिल्ला इन्चार्ज जयबहादुर रोकासहित ३ जना पक्राउ परेका छन् । रोल्पा जिल्ला इन्चार्ज जयबहादुर रोका (प्रताप), सुनछहारी गाउँपालिका इन्चार्ज टाइगर भनिने धनबहादुर खत्री र इलाका इन्चार्ज भुपेन्द्र खड्का (गोरे) पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ ।

उनीहरुको साथबाट प्रहरीले एउटा कुटुवा पेस्तोल, ३०३ राईफलको १४ राउण्ड गोली, अन्य ११ राउण्ड गोली र एउटा खुकुरी बरामद गरेको छ । पक्राउ परेको तीनै जनाविरुद्ध संगठित अपराध निबारण ऐन-२०७४ अन्तर्गत मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 19:49