३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

डीएसपी बाबुराम अधिकारीकाे प्रमाणपत्र नै नक्कली भेटिएपछि…

३ जेठ, काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बाबुराम अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको खुलासा भएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीएसपी अधिकारीको प्रमाणपत्र नक्कली रहेको भन्दै मुद्दा दायर गरेको छ ।

शुक्रबार अख्तियारले विशेष अदालतमा डीएसपी अधिकारीको प्रमाणपत्र शंकास्पद रहेकाले छानबिन गरी पाउँ भन्दै  मुद्दा दायर गरेको हो ।अधिकारीको माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतको प्रमाणपत्र (आइ.कम) तहको शैक्षिक प्रमाणपत्र झुट्टा (नक्कली) भएको पाइएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

नियुक्ति पाउने उद्देश्यले अधिकारीले सोही झुट्टा (नक्कली) शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति भई लाभ तथा सुविधा समेत लिएको अख्तियारले जनाएको छ । साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको डीएसपी अधिकारीले कसुर गरेको देखिन आएको प्रवक्ता कोइरालो बताए ।

प्रकाशित मिति : May 17, 2019 at 7:05 pm