सर्वसाधारणले प्रहरीकाे ढाटमा आगो लगाउँदा १ महिला प्रहरी गम्भिर घाइते
३ जेठ, काठमाडाैँ । पूर्व पश्चिम राजमार्गमा रहेकाे सडक बोर्डको कर उठाउने ढाटमा सर्वसाधारणले शुक्रबार आगो लगाउँदा आगो नियनत्रणकाे क्रममा प्रहरी सहायक निरीक्षक गम्भिर घाइते भएका छन् । बिहान ११ बजेको समयमा ३०–४० जनाको समूहले पेट्रोल छर्किएर ढाटमा आगो लगाएइ दिएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहले बतएका छन् ।

आगो नियन्त्रणको प्रयास गर्दा त्यहीँ कार्यरत प्रहरी सहायक निरीक्षक कल्पना खड्का घाइते भएकी हुन् । शाहका अनुसार खड्काको हात, खुट्टा, शरीर र टाउकामा आगोले पोलेको छ । घाइते खड्काको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
पूर्वी चितवनवासीले यसअघि नै सो ठाउँबाट ढाट हटाउन स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाए पनि ढाट नहटाएपछि सर्वसाधारणले आगो लगाइदसएका छन् । आगलागीबाट ढाटमा रकम सङ्कलन गर्ने कर्मचारी बस्ने गरेको काउण्टर पूर्णरुपमा क्षति भएको शाहले बताए ।
शाहले चितवन क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य कृष्ण खनालको नेतृत्वमा आगो लगाइएको बताए । तर खनालले भने आफू घटना हुँदा सो स्थलमा भए पनि आफ्नो नेतृत्वमा आगो लगाउने काम नभएको भन्दै आक्रोशित जनताले आगो लगाएको बताए । ढाटमा आगो लगाएको आरोपमा प्रहरीले रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीलाई पक्राउ गरेको छ ।
प्रकाशित मिति : 14:54









