३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

काठमाडाैँकाे सिभिल मल अगाडि ट्याङकरले किच्दा युवतीकाे मृत्यु 

३ जेठ, काठमाडौं । काठमाडाैँकाे सिभिल मल अगाडि शुक्रबार पानी बोक्ने  ट्याङकरले किच्दा बा ३७ प ११६६ नम्बरको मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारी बस्ने २३ वर्षीया सुनिता खत्रीलाई ट्याङकरले किचेको हो ।  सुनिताको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसी घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्याङकर चालक फरार रहेकाे छ ।

प्रकाशित मिति : May 17, 2019 at 12:17 pm