काठमाडाैँकाे सिभिल मल अगाडि ट्याङकरले किच्दा युवतीकाे मृत्यु
३ जेठ, काठमाडौं । काठमाडाैँकाे सिभिल मल अगाडि शुक्रबार पानी बोक्ने ट्याङकरले किच्दा बा ३७ प ११६६ नम्बरको मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारी बस्ने २३ वर्षीया सुनिता खत्रीलाई ट्याङकरले किचेको हो । सुनिताको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसी घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्याङकर चालक फरार रहेकाे छ ।
प्रकाशित मिति : 12:17









