२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

भाइकाे गोली प्रहारबाट घाइते दाजुकाे मृत्यु

३ जेठ, पर्शा । पर्सा जिल्लाको जिराभवानीपुर गाउँपालिका–१ का ३८ वर्षीय शेख सेरामुद्धिनले आफ्नै दाजु ४८ वर्षीय शेष फारुकलाई घरायसी विवादका कारण गए राति ७.४५ बजेतिर कटुवा पेस्तोलले गोली हानी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घाइतेलाई उपचारका लागि वीरगञ्जतर्फ ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मानबहादर राईले बताउनुभयो । गोली हान्ने शेख सेरामुद्धिनलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको छ ।

प्रकाशित मिति : 11:33