९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

नेकपाले मदन भण्डारीले अगाडि सारेको विचारधारालाई छाड्न मिल्दैनः प्रधानमन्त्री ओली

३ जेठ, काठमाडाैँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीले अगाडि सारेको विचारधारालाई छाड्न नमिल्ने बताएका छन । २६ औं मदन आश्रित स्मृति दिवसका अवसरमा मदननगर बल्खुमा आयोजित स्मृतिसभामा प्रधानमन्त्री ओलीले एकीकृत पार्टी अर्थात नेकपाले जननेता मदन भण्डारीले अगाडि सारेको विचारधारालाई छाड्न नमिल्ने प्रष्ट पारे ।

प्रधानमन्त्रीले मदनको विचारमात्र अन्तिम नभएको पनि बताए । उनले मदनको बिचारलाई मागर्दर्शक सिद्धान्तका रुपमा समायानुकुल ढंगले सिर्जनात्मक प्रयोग गर्ने बताए । यसअघि बोलेका अर्का अध्यक्ष प्रचण्डले मदन भण्डारीको बिचारमात्र बोकेर बस्ने कि अघि बढ्ने भन्ने प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिँदै अोलीले जननेता भण्डारीले अघि सारेको विचारधारालाई पार्टीले नछाड्ने बताए ।

प्रकाशित मिति : 11:10