९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

मदन भण्डारीको हत्याराको खोजी सुरू गरिएको छ, छिट्टै पत्ता लाग्छः गृहमन्त्री थापा

३ जेठ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याराको खोजी सुरू गरिएको बताएका छन । २६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा काठमाडाैँमा अायोजित कार्यक्रममा गृहमन्त्री थापाले हत्याराको खोजी  प्रक्रिया सुरू गरिएको दाबी गरे ।  गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताए ।

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । २६ वर्षअघिको रहस्मय जीप दुर्घटनाको तथ्य अहिलेसम्म सार्वजननिक हुन सकेको छैन ।  थापाको दाबीपछि सामाजिक सञ्जालमा भने उनको अालोचना सुरू भएको छ । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्ने गृहमन्त्रीले मदन भण्डारीको हत्यारा पत्ता लगाउने रे भन्दै व्यांग्यात्मक रूपमा बिरोध भैरहेको छ ।

प्रकाशित मिति : 11:01