मिडिया काउन्सिल विधेयकको बिरोधमा देशैभर पत्रकार आन्दोलित, नागरिक समाज पनि सडकमा
३ जेठ, काठमाडाैँ । मिडिया काउन्सिल विधेयकको बिरोधमा देशैभर पत्रकार आन्दोलित भएका छन । विधेयका राखिएका केही प्रावधाने नागरिकको स्वतन्त्रता समेत हनन गर्ने र प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने अवस्था आएको भन्दै पत्रकार महासंघको अगुवाइमा देशैभर पत्रकार आन्दोलित भएका हुन । उनीहरू शुक्रबार बिहानैदेखि सञ्चारका साधन सडकमा राखेर धर्नामा बसेका छन । यस्तै काठमाडाैँमा हुने प्रदर्शनमा नागरिक समाजले समेत एक्यबद्धता जनाउने भएको छ । मध्यान्ह १२ बजे नयाँबानेश्वरमा हुने प्रदर्शनमा सहभागी हुन नागरिक समाजका एक जना अगुवा केदार खड्काले अपिल गरेका छन । देशभरको प्रदर्शनको अवस्था तस्बीरमा हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : 10:23









