पर्साको जिराभवानी गाउँपालिकामा भाइले दाइको पिठ्युँमा गोली हाने, घाइते दाइको अवस्था गम्भीर
३ जेठ, पर्सा । प्रदेश नम्बर २ को पर्सा जिल्लाको जिराभवानी गाउँपालिका-२ बलुवामा भाइले दाइको पिठ्युँमा गोली हानेका छन । बिहीबार साँझ ७ बजे भाइले दाइको पिठ्युँमा गोली हानेका हुन । प्रहरीका अनुसार घाइते हुनेमा ५५ वर्षीय फारुक सेख रहेका छन् । उनलाई आफ्नै भाइ सेख सराजुद्दिनले गाेली हानेका हुन।
प्रहरीका अनुसार दाजु भाइबीच घरायसी विवाद हुँदा दाजु सेखलाई भाइले गाेली हानेका थिए । गोली लागेका सेखकाे अवस्था गम्भीर रहेकाे नारायणी अस्पतालले जनाएको छ । साथै अस्पतालमा थप उपचारका लागि घाइतेलाइ नेशनल मेडिकल शिक्षण अस्पताल वीरगञ्ज पठाएको छ ।

दाजुमाथि गाेली प्रहार गर्ने भाइलाई इलाका प्रहरी कार्यालय पटेर्वाले पक्राउ गरेको छ । उनकाे साथबाट नल कटुवाल पेस्तोल एक थान, तीन राउण्ड गोली र एक थान गोलीको खोका बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अन्नतराज शर्माले बताएका छन ।
प्रकाशित मिति : 08:23









