सराद्ध खाँदा पाल्पामा ९५ जना बिरामी, गम्भीर बिरामी १३ जनालाई लुम्बिनी मेडिकल कलेज लगियो
३ जेठ, पाल्पा । सराद्ध खाँदा पाल्पामा ९५ जनामा झाडापखाला देखिएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ४ बौरिडाँडाँमा सराद्धको प्रसाद खाएकाहरु एकैपटक बिरामी परेका हुन । प्रहरीका अनुसार छिमेकीको १३ दिने पुण्य तिथिमा प्रसाद खाएकामध्ये ९५ जना झाडापखाला लागेर बिरामी परेका हुन् ।

बिरामी परेका मध्ये १२ जनालाई गाउँमै सलाइन पानीसहितको औषधि दिइएको छ भने १३ जनाको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचार भैरहेको गाउँपालिकाका स्वास्थ्य प्रमुख सुन्दर तरामु मगरले जानकारी दिए । अरूको पनि विभिन्न स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । अहिले अाैषधिसहितको चिकत्सक टोली घटनास्थलमा पुगेको छ । फूड प्वाइजनका कारण झाडापखाला भएको अाशंका गरिएको छ ।
प्रकाशित मिति : 07:47









